टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको लगानी रहेको कम्पनी होटल हिमालटन प्रा.लि., कम्पनी ऐन २०६३ बमोजिम वि.सं. २०७७/१२/०९ गते प्राईभेट कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । उक्त कम्पनीद्वारा वनस्थली, काठमाडौँमा निर्माण गर्न प्रस्तावित होटल परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको छ। आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया सम्पन्न भए पश्चात् मिति २०८३ साल असोज देखि निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखिएको छ, जसको व्यवसायिक सञ्चालन पश्चात् स्वदेशी तथा विदेशी पर्यटकलाई उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्नेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनको आयोजनाका लागि आधुनिक स्तरको सम्मेलन कक्ष पनि सञ्चालनमा आउने छ ।
मुख्य उद्देश्यहरु
क) होटलको तर्फबाट अतिथिहरुलाई आरामदायी रुपमा खाने बस्ने, रेष्टुरेन्ट, बार, डिस्को, स्वीमिङ्ग पुल, जाकुजी, सोनाबाथ, जिम, बारबर सप, व्यूटीपार्लर, मसाज सेन्टर, हेल्थ क्लव, शारिरिक व्यायामका लागी आवश्यकिय स्थलको व्यवस्था गर्ने ।
ख) नेपाली संस्कृती, परम्परा झल्कने किसिमको सजावटको व्यवस्था गरी पर्यटकलाई मनोरञ्जन दिई लामो समय सम्म बस्ने व्यवस्था मिलाउने ।
ग) पर्यटकहरुलाई आवश्यकतानुसार पदयात्रा तथा भ्रमणको सुविधा उपलब्ध गराउने ।
घ) सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी सेमिनार हल र सेमी सेमिनार हल सञ्चालन गर्ने ।
अधिकृत पुँजी (रू.): १,००,००,००,०००/-
जारी पुँजी (रू.): १,००,००,००,०००/-
चुक्ता पुँजी (रू.): २७,५०,९७,०००/-
ल्स ईन एडभान्स) टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको तर्फबाट (रू.): ३,३४,८९,७१०/
कम्पनीको लगानी रकम (रू.): १५,७५,९७,०००/- शेयर लगतमा प्रमाणित भएको
कम्पनीको जम्मा लगानी रकम (रू.): १९,१०,८६,७१०/-
टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको
लगानी रहेको
बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडको रजिष्टर्ड कार्यालय का.म.न.पा. वडा नं. १३, कालिमाटी, काठमाडौँमा रहेको छ भने फिल्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नं. ४ ठूल्ढुङ्गा र वडा नं. ४ बरालथोक बन्दीपुरमा रहेको छ। यस कम्पनी बन्दीपुर केवलकार प्रा.लि.को नामले कम्पनी ऐन २०६३ बमोजिम मिति २०६९/०९/२२ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भएकोमा मिति २०७८/०५/१७ गते देखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भई बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। कम्पनी मार्फत केवलकार, होटल क्वीन टावर, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक बगैँचा लगायतका परियोजना सञ्चालन गर्ने गरी उद्योग मन्त्रालय, उद्योग विभागबाट क्रमशः मिति २०७१/१०/२९ गते र २०७९/०५/२७ गते स्वीकृति प्राप्त भएको छ। साथै राष्ट्रिय योजना आयोगको सचिवालयबाट मिति २०७०/११/२२ गते प्राप्त पत्र अनुसार यस आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा सूचीकृत भएको छ। कम्पनी अन्तर्गतका परियोजना मध्ये केवलकार, ड्राइभ ईन रेष्टुरेण्ट, मनोरञ्जनात्मक बगैँचाको ब्यवसायिक सञ्चालन वि.सं २०८१ को शुरुवात बाट नै भएको हो भने होटल परियोजना निर्माणको अन्तिम चरणमा रहेको छ।
अधिकृत पुँजी ३,००,००,००,०००/-जारी पुँजी २,८३,००,००,०००/-चुक्ता पुँजी २,८३,००,००,०००/-शेयर पुँजी लगानी टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको तर्फबाट (रू.)१०,१२,००,०००/-
यस कम्पनी मिति २०८२/०७/२४ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचिकृत भई त्यस पश्चात् निरन्तर दोस्रो बजारमा शेयर कारोबार हुँदै आएको छ ।
कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७७/१०/०५ गते स्थापित बिजवजार लिमिटेड मा टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडले लगानी गरेको छ। कम्पनी ई-कमर्स प्लेटफर्मको रूपमा सञ्चालनमा रही अनलाइन माध्यमबाट वस्तु तथा सेवाको खरिद-बिक्री तथा डिजिटल मार्केटप्लेस सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
| अधिकृत पुँजी |
५१,००,००,०००/- |
| जारी पुँजी |
३५,००,००,०००/- |
| चुक्ता पुँजी |
१,०२,००,०००/- |
|
अग्रिम शेयर पुँजी (कल्स ईन एडभान्स) टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको तर्फबाट (रू.)
|
११,५२,३०,५९०/- |
| कम्पनीको लगानी रकम (रू.) |
१,०२,००,०००/- शेयर लगतमा प्रमाणित भएको |
| कम्पनीको जम्मा लगानी रकम (रू.) |
१२,५४,३०,५९०/- |
टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको लगानी रहेको विजनेस इम्प्याक्ट फण्ड लिमिटेडको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. १३ मा रहेको छ । यस कम्पनी कम्पनी ऐन २०६३ बमोजिम मिति २०८२/०७/१४ गते पब्लिक लिमिटेड कम्पनिको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीले निजी क्षेत्रको पुँजी तथा विभिन्न लगानीकर्ताहरूबाट सङ्कलित लगानीको आधारमा एक विशिष्टीकृत लगानी कोष व्यवस्थापकका रूपमा कार्य गर्ने उद्देश्य राखेको छ । कम्पनी हाल प्रचलित कानून बमोजिम विशिष्टीकृत लगानी कोष व्यवस्थापकको इजाजतपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।
| मुख्य उद्देश्यहरु |
(क)विशिष्टीकृत लगानी कोष सञ्चालन गर्ने र कम्पनीले नेपाल सरकारको प्रचलित कानुन बमोजिम लगानी बोर्ड नेपाल वा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विशिष्टीकृत लगानी कोषको रुपमा दर्ता भई कोष परिचालन, लगानी व्यवस्थापन तथा कोष प्रशासकको रुपमा कार्य गर्ने ।
(ख) कोष व्यवस्थापन सेवा प्रदान गर्ने र लगानी कोषहरु, इम्प्याक्ट फण्ड, इन्फ्रास्ट्रक्चर फण्ड, पर्यटन फण्ड वा अन्य दिगो लगानी योजनाहरुको व्यवस्थापन, सञ्चालन, प्रशासन र ग्राहकको तर्फबाट सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्ने ।
(ग) हेज फण्ड स्थापना गरी कम्पनीहरुको जोखिम न्यूनिकरण गर्नको लागि लगानी गर्ने ।
|
अधिकृत पुँजी: १०,००,००,०००/-
जारी पुँजी: २,४०,००,०००/-
चुक्ता पुँजी: २,४०,००,०००/-
टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको लगानी रकम (रू.): २,४०,००,०००/-
टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको लगानी रहेको ट्वीन्स टावर अपार्टमेण्ट प्राइभेट लिमिटेड को रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा.नं. १३ मा रहेको छ । यस कम्पनीको स्थापना कम्पनी ऐन २०६३ बमोजिम मिति २०८१/०९/२५ गते प्राइभेट कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।
| अधिकृत पुँजी |
२,००,००,००,०००/- |
| जारी पुँजी |
१,२०,००,००,०००/- |
| चुक्ता पुँजी |
३१,००,००,०००/- |
| अग्रिम शेयर पुँजी (कल्स ईन एडभान्स) टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको तर्फबाट (रू.) |
२६,९९,२५,०००/- |
| कम्पनीको लगानी रकम (रू.) |
२४,००,००,०००/- शेयर लगतमा प्रमाणित भएका |
| कम्पनीको जम्मा लगानी रकम (रू.) |
५०,९९,२५,०००/- |